सदस्यता शुद्धीकरण मापदण्ड अनुसार हुनु पर्ने भन्दै प्रेस चौतारी र प्रेस संगठनले बुझाए पत्रकार महासंघ रामेछापलाई ध्यानाकर्षण पत्र

| जेठ २८, २०८० आइतबार

A A A
A A A

२८ जेठ, रामेछाप । प्रेस चौतारी रामेछाप र प्रेस संगठन रामेछापले सदस्यता शुद्धीकरण तोकिएर आएको मापदण्ड अनुसार हुनु पर्ने भन्दै नेपाल पत्रकार महासंघ रामेछापलाई पत्र बुझाएका छन् । दुई छाता संगठनले बुझाएको पत्र पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बुझेका छन् । 

 

आइतबार बिहान चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ र संगठनका अध्यक्ष निरोज श्रेष्ठले हस्ताक्षर गर्दै भनेका छन् ‘हामी नेपाल पत्रकार महासंघले तयार गरेको मापदण्ड अनुसार निर्मम ढंगले सदस्यता शुद्धीकरण गर्नुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौँ ।’

 

शुद्धीकरण अभियानमा मापदण्ड विपरीतका कोही पनि पत्रकारको सदस्यता कायम नरहोस् र मापदण्ड भित्र पर्ने कुनै पनि पत्रकारको सदस्यता खारेज नहोस्  भन्दै महासंघले तय गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अक्षरशः पालना हुनुपर्छ भन्ने कुरामा अडिग रहेको भनेका छन् । 

 

साथै मापदण्ड विपरीत गरिएको शुद्धीकरण अस्वीकार्य हुने हाम्रो प्रस्ट धारणा उल्लेख गरेका छन् । 

 

तत्काल शुद्धीकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्दछ भन्दै महासंघ नेतृत्वको ध्यानाकर्षण गराएको प्रेस विज्ञप्ति मार्फत जनाएको हो । 

 

ध्यानाकर्षण पत्र हेर्नुहोस् ।