चनखुका रमेश ‘सी’ ले गरे क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यागेर ‘विप्लव’ नेतृत्वको नेकपामा समाहित भएको घोषणा

| जेठ ३१, २०८० बुधबार

A A A
A A A

३१ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १० फुलासीका रमेश बोहोरा (सी) ले नेपाल कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरेका छन् । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यागेर नेकपा महासचिव विप्लवले नेतृत्व गरेको नेकपामा समाहित भएको घोषणा गरेका हुन् । 

 

 

मंगलबार उनले एक विज्ञप्ति जारी गर्दै आफू क्रान्तिकारी कम्युनिस्ट पार्टी छोडेर विप्लवमा जाने घोषणा गरेको रामेछाप टाइम्सलाई जानकारी गराएका हुन् । 

 

लामो समयदेखि क्रान्तिकारीमा सक्रिय (सी)  ले क्रान्तिबारे पार्टी नेतृत्वमा थुप्रै अस्पष्टता, अकर्मण्यता र दिग्भ्रमहरू रहेकोले सबै क्रान्तिकारी एकीकृत जनक्रान्तिमा एकताबद्ध हुन अपिल समेत गरेका छन् । 

 

प्रेस विज्ञप्ति हर्नुहोस्