काँग्रेस भएको नाममा कुनै भ्रष्ट्राचारीले छुट पाउँदैन- सह-महामन्त्री पाण्डे (भिडिओ)

| जेठ ३१, २०८० बुधबार

A A A
A A A

३१ जेठ, रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले काँग्रेस भ्रष्ट्राचारका विरुद्धमा कठोर र एक ढिक्का भएको बताएका छन् । उनले काँग्रेस भएका कारण कसैले छुट नपाउने भन्दै दोषी नउम्कने र निर्दोषी नफसाउने गरी प्रहरीलाई छानबिनमा सहयोग गरिरहेको उनको भनाई छ । 

 

बुधवार नेपाली काँग्रेस रामेछापको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस भ्रष्ट्राचार गर्ने र भ्रष्ट्राचारीका विरुद्धमा स्पष्ट नीति लिएर हिँडिरहेको बताएका हुन् । उनले भने ‘कुनै पनि भ्रष्ट्राचारीले काँग्रेस भएको नाममा छुट पाउनु हुँदैन । प्रहरीले दोषी देखेका जति सबैलाई कारबाही गर्न सक्छ । गर्नु पर्छ । काँग्रेस त्यसको पक्षमा छ ।’

 

पार्टीको पछिल्लो अवस्था हेरेर जोकोही काँग्रेस पनि खुसी हुने स्थिति नभएको उल्लेख गर्दै यसलाई सुधार्न मुहानदेखि धारा सम्म सग्लो हुनु पर्नेमा जोड् दिए । नागरिकता विधेयक प्रकरणमा बोल्दै उनले भने पहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले २–२ पटक सदनले प्रमाणित गरेर पठाएको स्मरण गर्दै उनले त्यो प्रमाणित गरे महाअभियोग समेत लगाउन सक्ने सम्म भएकाले प्रमाणित नगरेको दाबी गरे । 

 

नयाँ आएको दलहरूले टिकटके शैली देखाउन थालेकाले सदनमा सबै कुराले काँग्रेसले सशक्त प्रतिस्पर्धा गरिरहेको बताए । ‘ नयाँ भन्नेहरू टिकटके शैली देखाउँदै छन् । त्यसरी राजनीति हुँदैन । नीति, विधि र इतिहास चाहिन्छ । काँग्रेस बलियो इतिहास भएको पार्टी हो । १–२ जना कराएर इतिहास सकिँदैन ।’

 

काँग्रेसले आफ्ना कमजोरी सच्चाएर जानु पर्ने भन्दै नागरिकले भरोसा गर्न योग्य पार्टी बन्नु पर्ने बताए । उनले चुनाव जितेका, हारेका सबैलाई मिलेर जानु पर्छ जिल्ला पार्टी सभापतिले त्यो गर्नु हुन्छ । गठबन्धनको विषयमा बेमौसमी कुरा गरेर हुँदैन भने ।

 

नेपाली काँग्रेसको पछिल्लो राजनीति र देशको समसामयिक विषयमा बोलेका सह–महामन्त्री पाण्डेले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्षम पार्टी बनेर एकलै चुनाव जित्न सक्ने हुनु पर्ने बताए । ‘त्यसको लागि सङ्गठन तल्लो तह सम्म पुनः जागरण गर्नु पर्छ ।’ 

 

भिडिओ हेर्नुहोस्