न्यू–खिम्तीको बत्ती जोडियो मन्थली सब स्टेसनमा

| असार १, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१ असार, रामेछाप । १३२/३३ केभी न्यू–खिम्ती सबस्टेशनबाट मन्थली ३३/११ केभी सबस्टेशन लाइन बत्ती जोडिएको छ । लामो दूरीको लामो साँघु र ढलकेबर हुँदै विद्युत् आपूर्ति हुँदै आएको रामेछापमा पहिलो पटक छोटो दूरीको विद्युत् जोडिएको विद्युत् वितरण केन्द्र मन्थली रामेछापले जनाएको छ । यसरी विद्युत जोडिएपछि मन्थलीमा (full Voltage 230 Volt र 446 Volt ) आएको छ । 

 

मन्थलीबाट करिब १५ किलो दूरीको मिटरको न्यू–खिम्तीबाट विद्युत् जोडिएपछि सदरमुकाम मन्थली सहितका बस्तीमा अब बत्ती झप्प–झ्याप गइरहने समस्या केही कम हुने विद्युत् वितरण केन्द्र मन्थलीका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार बत्ती गए पनि लामो समय बिग्रिएर बस्नु पर्ने बाध्यता भने हट्ने छ । अहिले केही उपकरणहरू परीक्षणको क्रममा रहेकाले केही दिन यसको नियमिततामा समय लाग्ने उनको भनाई छ । 

न्यू-खिम्तीमा कार्यकारी निर्देशक घिसिङ सहितको टोली निरीक्षण तथा अवलोकनमा पुग्दा, तस्बिर सामाजिक संजाल

न्यू–खिप्तीबाट रामेछापको दोरम्बा–मन्थली–साघुटार तर्फ बिजुली निर्यात भएको हो । त्यस्तै दोलखाको जिरी र मैना पोखरीमा पनि यहाँबाट निर्यात हुँदै आएको छ । हावाहुरी चल्दा लामो समय बिजुली बन्द हुने समस्याले हैरान खेप्दै आएका जिल्लावासीको समस्या न्यू–खिम्तीले केही भए पनि कम गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । 

 

विगतमा ढल्केवर र लामो साँघु हुँदै बिजुली आयात हुँदै आएको थियो । जुन बिग्रिएपछि कहिले भन्ने हो रामेछापबाट सजिलै पत्ता लगाउन समेत गाह्रो पर्दै आएको थियो ।