रामेछापमा : बढी भाडा असुल्ने सुमोलाई ५ हजार जरिवाना,यात्रुसंग असुलेको भाडा फिर्ता

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । बढी भाडा असुलेर रामेछापबाट काठमाडौं यात्री लैजादै गरेको टाटासुमो कारबाहीमा परेको छ । 

 


बुधबार रामेछापबाट काठमाण्डौ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको सुमो सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट प्रहरी चेकप्वाईन्टमा चेकजाँच गर्दा बढी भाडा लिएको खुलेपछि प्रहरीले कारबाही गरेको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जानकारी दिएको छ । 

 


सो टाटा सुमोलाई ट्राफिक नियमानुसार रु.५ हजार जरिवाना गरीएको खुर्कोट प्रहरीले जानकारी दिएको हो । 


सुमो चालकले उक्त गाडीमा सवार ४ जना यात्रीहरुसँग प्रतिब्यक्ती १२ सय भाडा असुलेका पाइएको थियो । उक्त रकम प्रहरीले चेकजाँच गरि यात्रुलाई फर्ता गराएको छ । 

 


४ जनासंग असुलेको ४ हजार ८ सय रुपैयाँ यात्रीहरुलाई फिर्ता गरेको प्रहरीको भनाई छ । असुलेको रकम फिर्ता गरि यात्रीहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सुमो गाडी छाडिएको खुर्कोट प्रहरीले जानकारी दिएको छ । 

फोटोमा हेर्नुहोस् घट्ना बारे जानकारी