मन्थली खाँदबारीमा ट्रक दुर्घटना, एक घरको सटर भत्कायो, यसरी जोगियो ठुलो क्षतिबाट

| असार २, २०८० शनिबार

A A A
A A A

२ असार, रामेछाप । मन्थली खाँदबारीमा (मदन आश्रित) चोक नजिकै रोकी राखेको ट्रक आफै गुड्दा एक घरको सटरमा क्षति पुर्‍याएको छ । ट्रक दुर्घटनामा ठुलो मानवीय क्षतिबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

गए राति १० बजे तिर सिन्धुलीबाट मल ल्याएको ना ५ ख ७४३१ नम्बरको ट्रकले सोही ठाउँका रामबहादुर बुढाथोकीको घरको सटर भत्काई दिएको हो । ट्रकले क्षति पुर्‍याउने बेलामा ट्रकमा चालक र सहचालक नरहेको बताइएको छ । 

 

यसरी आफै गुडेको ट्रकले गरेको क्षति पूर्तिको पाउन बन्दै घरधनी जिल्ला प्रहरी कार्यालय रामेछाप पुगेपछि  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

घटना बारे थप अनुसन्धान जारी रहेको जिप्रका रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।