रामेछापका यी समस्या सुनेपछि गृहमन्त्री श्रेष्ठले भने ‘म जे बोल्यो त्यो गर्ने मान्छे हुँ, मेरो ध्यानाकर्षण भयो’ (भिडिओ)

| असार २, २०८० शनिबार

A A A
A A A

२ असार, रामेछाप । उपप्रधान एवं गृह मन्त्री नारायण काजी श्रेष्ठले आफू बोलेको पुरा गर्ने मान्छे भएको बताएका छन् । देशमा भ्रष्ट्राचार रहित आर्थिक समुन्नति र सुशासन सहितको विकासको खाँचो रहेको उनको भनाई छ । अर्थ तन्त्रमा समस्या देखिएकाले पहिले त्यसमा जोड् दिएको उल्लेख गरे । 

 

शनिवार आज रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री श्रेष्ठले रामेछाप जिल्लाका तत्कालीन समस्या सुन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । गृहमन्त्री श्रेष्ठलाई जिल्लाका नेपाली काँग्रेसका उपसभापति लेखबहादुर कार्की, नेकपा माओवादी केन्द्रका दीपक प्रसाईँ र मन्थली र रामेछाप नगरपालिका मेयरहरू लव श्रेष्ठ र लवश्री न्यौपानेले सिन्धुलीले लगाएको मालवाहक गाडीमाथिको सिन्डिकेट, उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाले पारेको असर, खानेपानीको समस्या, विकास निर्माणमा परेका अवरोध, खुर्कोट हुँदै काठमाडौँ जाने  यात्रुवाहक सवारीमा लगाइँदै आएको टाइम कार्ड लगायतका समस्या सुनेपछि भने ‘तपाईँहरूको समस्या सुने । मेरो ध्यानाकर्षण भयो । म जे बोल्यो त्यो गर्ने मान्छे हुँ । 

 

उनले ती समस्या समाधानको लागि पहल गर्ने बचन दिएका हुन् । सुशासन सहित विकास अहिलेको आवश्यकता रहेको भन्दै रामेछापको विकासको लागि सङ्घीय सरकारको तर्फबाट गर्ने सहयोगको लागि ढोका खुल्ला रहेको बताए । 

 

उनले विकास र समृद्धिको यात्रालाई तीब्र पार्नु पर्छ भने । उनले अहिले भएका कामले जनताको अपेक्षालाई पूरा गर्न नसकेको स्वीकार गर्दै अहिले सम्म भएका कामलाई सकारात्मक रुपमा लिनु पर्ने बताए । तीनै तहका सरकारको समन्वयमा देश विकासलाई अगाडि बढाउनु पर्नेमा उनको जोड् छ । 

 

तस्बिरहरु हेर्नुहोस्

भिडिओमा हेर्नुहोस् के-के बने गृहमन्त्री श्रेष्ठले 

 

यसरी स्वागत गरे कार्याकर्ताले लाईभ भिडिओ