रामेछापमा संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेटको ‘भोलम’ बढ्दै, निर्वाचन क्षेत्र २ लाई मात्रै १ अरब बढी (सूचीसहित)

| असार ३, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

३ असार, रामेछाप । आगामी आर्थिक वर्ष २०८०÷८१ मा रामेछापले संघीय र प्रदेश सरकारबाट प्राप्त गर्ने बजेटको ‘भोलम’ बढ्ने भएको छ । प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सदस्यहरू तारानारायण श्रेष्ठ, युवराज चौलागाइको पहलमा करिब २ अरब बजेट जिल्ला भित्रिएको संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) बताए । 

 

त्यस्तै प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी दलमा रहेका जिल्लाबाट प्रतिनिधित्व गर्ने आनन्द श्रेष्ठ, माया कार्की र लक्ष्मी घिमिरेले पनि बजेट पार्न भूमिका खेलेका छन् । यसरी ६ जना सांसदहरूको पहलमा यो पटक विगतका वर्षहरू भन्दा यो वर्ष बजेट वृद्धि हुने भएको हो । 

 

जस अनुसार रामेछाप निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशका सांसद युवराज चौलागाईले क्षेत्र नं २ लाई मात्रै करिब १ अरब  रकम प्राप्त जानकारी दिएका छन् । 

 

गत असार १ गते प्रदेश सरकारले बजेट ल्याएको छ । चौलागाइले रामेछाप निर्वाचन क्षेत्र नं २ को लागि मात्रै भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत ५० करोड ४५ लाख, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मार्फत २३ करोड ८ लाख, सामाजिक विकास मन्त्रालय मार्फत ५ करोड ५० लाख, वन तथा वातावरण मन्त्रालय मार्फत ४ करोड २४ लाख २५ हजार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मार्फत १ करोड ५१ लाख बजेट परेको जानकारी गराएका हुन् । 

 

त्यस्तै कृषि मन्त्रालय मार्फत करिब ४ करोड, आन्तरिक मामिला मन्त्रालय मार्फत ८२ लाख, बजेट छुटिएको जानकारी दिँदै भनेका छन् ‘कतिपय पर्नै पर्ने क्षेत्रको बजेट छुटेको थाहा छ । बजेट परेको स्थानका सचेत जनसमूहले यसको सही कार्यान्वयनमा लाग्नुहोस् ।’

 

कुन योजनालाई कति बजेट हेर्नुहोस् १३ जिल्ला भरीकै ।