लिखु तामाकोशी गाउँपालिकाले बढीमा ५० करोड सम्मको बजेट ल्याउने

| असार ४, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

४ असार, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ४५ देखि ५० करोड हारा–हारीमा बजेट ल्याउने तयारी गरेको छ । विगत वर्षहरूमा समयमा बजेट ल्याउन नसकेको यो पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै विकासले लय समात्न थालेको छ । साथै बजेट पनि समयमै आउन थालेको छ । 

 

०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिले समयमा बजेट नल्याउँदा नयाँ जनप्रतिनिधि आएपछि बजेटको भोलम बढाएर एक अरब बढी बजेट ल्याइएको गत वर्षमा यो वर्ष भने बजेटको ‘भोलम’ ह्वातै घट्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

चालु आर्थिक वर्षमा पालिकाले ८३ करोड ३४ लाखको बजेट ल्याएको थियो । तर, यो वर्ष बढीमा ५० करोडको बजेट ल्याउने तयारीमा आफूहरू रहेको प्रशासकीय प्रमुख अधिकारीले बताएका हुन् ।