कोभिड–१९ सङ्कट व्यवस्थापन आदेश उल्लङ्घन गर्नेलाई १३ हजार बढी जरिवाना

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को आदेश उल्लङ्घन गर्नेलाई जरिवाना गरेको छ । 


गत मंगलबार र बुधबार कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ को उपदफा (२) को देहाय (क),(ख) र (ग) बमोजिम आदेश उल्लङ्घन गर्ने बा.३ ख ८६२८ नंम्बरको हायस, ३ वटा नम्बर नखुलाइएको मोटरसाईकललाई कारबाही बरिएको खुर्कोट प्रहरीले जानकारी दिएको छ । 


इलाका प्रहरी खुर्कोटले दिएको जानकारी अनुसार सवारीसहित १४ जना मानिसहरुलाई गरिएको कारवाहीबाट रु।१३ हजार ३ सय जरिवाना संकलन गरिएको पनि जनाएको छ ।