उमाकुण्ड र गोकुलगंगाका किसानलाई बेमौसमी तरकारी खेती तालिम र उपकरण प्रदान

| असार ५, २०८० मंगलबार

A A A
A A A

५ असार, रामेछाप । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा विभिन्न सामाग्री प्रदान गरिएको छ । साथै बिऊ बिजन पनि प्रदान गरिएको छ । 

 

ग्रामीण बिजनेस प्रमोशन प्रा‍.लि‍.को प्राविधिक सहयोग र स्थानीय सरकारसँगको समन्वयमा (मेडपा) अन्तर्गत उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वर र गोकुलगंगा गाउँपालिका वडा न ४  बेताली र वडा नं ६ फर्पुमा प्रविधि हस्तान्तरण गरिएको गुञ्जबहादुर कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा २६ जनालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । भने, यही असार १ गते  गोकुलगंगाको बेतालीमा बेमौसमी तरकारी खेतीका २२ जनाको लागि स्प्रे, हजारी, ड्रम र पाइप हस्तान्तरण गरिएको छ । 

 

त्यस्तै ढाका बुनाइका ८ जनालाई सामूहिक व्यवसायको लागि तान प्रदान गरिएको कार्कीले जानकारी दिए । 

 

त्यस्तै २ गते फर्पुका १८ जनालाई बेमौसमी तरकारी खेती गर्ने उद्यमीलाई थोपा सिँचाइको ड्रम, पाइप, स्प्रे, सिकेचर र हजारी सम्बन्धित वडाका अध्यक्षहरूबाट प्रदान गरिएको कार्कीले बताए । 

 

ग्रामीण बिजनेसका कार्यकारी अधिकृत युवराज सुवेदीको उपस्थितिमा गरिएको उक्त कार्यक्रम संयोजक अविनाश कार्कीले सहजीकरण गरेका थिए । ग्रमिण विजनेशले पछिल्लो समय लघु उद्यमका विभिन्न सिपमूलक तालिम सञ्चालन, बिउ बिजन प्रदान लगायताका  कार्यक्रम गर्दै आएको छ ।