मन्थली मा.वि.–सानिमदौ हुदै टेकानपुर कठजोरबाट कम्तीमा एउटा गाडी चलाउन मन्थली-२ का स्थानीयको माग

| असार ६, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

६ असार, रामेछाप । मन्थली नगरपालिका वडा नं २ का स्थानीयले मन्थली स्कुल हुँदै टेकनपुर कठजोर–धोबी सिरिसे सडकबाट गाडी चल्नु पर्ने माग गरेका छन् । हाल सो वडामा पूर्व अरनिको बस अर्को बाटो भएर (२ नम्बर) टेकानपुर, कठजोरका स्थानीयलाई अपायक हुने गरी चल्दै आएको छ । 

 

दैनिक चल्ने पूर्व अरनिको बस भुत्ते–खोला–तल्लो टेकानपुर कठजोर–धोबी– हुँदै आवत–जावत गर्दै आएको छ । उक्त समस्यालाई समाधान गर्न भन्दै स्थानीयले वडामा लिखित माग गरेपछि वडाले गत आइतबार एक पत्र जारी गर्दै पूर्व अरनिको बसलाई कम्तीमा एउटा गाडी चलाउन माग गरेको छ । 

 

सो सडकमा २०६७ सालदेखि नै धोबीसम्म गाडी सञ्चालन भइरहेको भएको थियो । ४÷५ वर्ष देखि बन्द भएको उक्त सडक मार्फत यात्रु बाहक सवारी चल्नु पर्ने माग भएपछि वडाले पनि नगरपालिकासँग पनि ध्यानाकर्षण गराउँदै यातायात सेवा सञ्चालन गराइदिन पहल गरेको थियो । न

 

मन्थली नगरपालिकाले पनि मन्थली मा.वि– सानिमदौ हुँदै टेकानपुर–कठजोरबाट यातायात चलाउन पूर्व अरनिको यातायातलाई भनेको थियो । 

 

मन्थली नगरपालिका र वडाले पूर्व अरनिको यातायातलाई लेखेको पत्र हेर्नुहोस्