वागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत् हुदै

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८ ७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । 

 

दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । 

 

आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । 

 

त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ ।

 

 वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।