रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाख बढीको बजेट, पूर्वाधार विकासमा २४ करोड २९ लाख

| असार ११, २०८० सोमबार

A A A
A A A

११ असार, रामेछाप । रामेछाप नगरपालिका आगामी आर्थिक वर्षको लागि ७३ करोड ५८ लाख बढीको बजेट ल्याएको छ । आइतबार १३ औ नगर सभामा नगर प्रमुख लवश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेल, ९ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा उपाध्यक्ष बाल कुमारी कार्की (थापा) ले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ७३ करोड ५८ लाख ६३ हजार ६ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

 

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको बजेमा २४ करोड २९ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ विनियोजन गरेको छ । जस अन्तर्गत सडक, सिँचाइ, भवन लगायतका पूर्वाधार विकास निर्माण गरिने उल्लेख छ । 

नगरले पूर्वधारसंगै सामाजिक विकासलाई अगाडि सारेको छ । जसलाई २ करोड ७५ लाख ३४ हजार, शिक्षातर्फ १ करोड ७ लाख गरिएको छ भने, स्वास्थ्य तर्फ ८७ लाख विनियोजन गरिएको छ । महिला तथा बालबालिकातर्फ ८१ लाख ३४ हजार  ४६ हजार विनियोजन गरिएको छ । 

 

त्यस्तै सुशासन तथा संस्था विकास तर्फ ११ लाख ६० हजार विनियोजन गरिएको छ, भने वन वातावरण र विपद् व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरिएको छ । 

 

आर्थिक विकासका लागि कुल १ करोड १० लाख, कृषि तर्फ ४० लाख, पशु विकास तर्फ ४० लाख विनियोजन गरिएको छ भने राजस्व सहकारी उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ र ३० लाख रकम विनियोजन गरिएको छ । 

 

सो बजेटमा एक हप्ता सम्म गरिने र आउँदो असार १८ गते बजेटको टुङ्गो लाग्ने रामेछाप नगरका प्रवक्ता समीर कार्कीले बताए । उनले देखिने गरी पूर्वाधार विकास गर्न लागेकाले पूर्वाधारमा बजेट बढी व्यवस्थापन गरेको सभामा बताएका थिए । 

तस्बिर स्रोत नगरको फेस्बुक पेज ।