मन्थली नगरपालिकाले मन्थली अस्पताल ५० शय्याको अस्पताल बनाउने

| असार ११, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

११ असार, रामेछाप । मन्थली नगरपालिकाले मन्थली अस्पताललाई ५० शय्याको अस्पतालमा विस्तार गर्ने भएको छ । 

 

 

हाल यो अस्पताल इमरजेन्सी सेवा सहित १५ शय्याको रहेको छ । जिल्ला सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको यहाँका स्थानीयको भावनालाई करद गर्दै मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ भित्र गुणस्तरीय स्वास्थ्य सेवा सहित ५० शय्याको अस्पतालको रूपमा विस्तार गर्ने नीति  तथा योजना लिएको नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । 

 

हाल यो अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको छ । तर, निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दा निर्माणले गति लिन सकिरहेको छैन् । 

 

अस्पतालको विस्तार गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नीति लिइएको नगरप्रमुख श्रेष्ठले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।