रामेछाप नगरपालिका वडा नं ८ ले तरकारी उत्पादन गर्न किसानलाई दियो प्लास्टिक टनेल

| असार ११, २०८० सोमबार

A A A
A A A

११ असार, रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ रामेछापले  किसानलाई प्लास्टिक टनेल वितरण गरेको छ । प्लास्टिक टनेलमा तरकारी खेती गरेर उत्पादन गर्न सकिने र आय-आर्जन समेत हुने भन्दै टनेल पाएपछि स्थानीयहरु पनि खुसी भएका छन् । 

 

 

वडाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत वडाका किसानलाई तरकारी उत्पादन गर्न सहज होस् भनेर प्लास्टिक टनले वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार तामाङले रामेछाप टाइम्सलाई बताए । 

 

सोही वडामा रहेको न्यानो साना किसान सहकारी मार्फत वडाको कुल १ लाख ५० हजार लागतमा खरिद गरिएको ३५ वटा टनेल नगरपालिकाका प्रमुख लवश्री न्यौपाने मार्फत स्थानीयलाई वितरण गरिएको सहकारीका अध्यक्ष हरिस चन्द्र घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए ।