लिखु तामाकोशी गाउँपालिकाले ल्यायो ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ बजेट (भिडिओ)

| असार १२, २०८० मंगलबार

A A A
A A A

१२ असार, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५८ करोड बराबरको बजेट ल्याएको छ ।

 

गत सोमबार ११ औँ गाउँ सभामा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । पालिका अध्यक्ष केशव महत, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, ७ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा उपाध्यक्ष पाख्रिनले आगामी बजेट पेस गरेकी हुन् । 

 

लिखु तामाकोसी गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासलाई प्राथमिकता दिएको पालिका अध्यक्ष महतले बताए । उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतलाई समेट्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याएको बताए । 

 

अध्यक्ष महतले प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रममा कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवद्र्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति पालिकाले लिए उल्लेख छ । 

 

वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साँझेदारी र सहकार्य गर्ने बताइएको छ ।

त्यस्तै पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साँझेदारी र सहकार्य गर्ने, वित्तीय संस्थाहरुको सहकार्यमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउने, भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता र डेरीमा दूध बेच्ने किसानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

 

पालिका स्तरीय रिङरोडको अवधारणालाई मूर्तरूप दिनका लागि तिल्पुङ– गिदानचौर– ऐरमबास– काङ्बा– खोल्मागाऊँ– चिलाउने– कोटगाऊँ– रातमाटा–सिरिसे– ढाँडे– पिङ्गे– पाला–भिरखर्क– होपिना–खापिङ हुँदै तिल्पुङ सम्मको बाँसे– नोप्रा– गिद्दे– दिलौरी– धोबी– गैरी– केउरेनी– नागथली– झाँक्रीडाँडा– खिम्ती सडक विस्तार कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

 

भिडिओ हेर्नुहोस् पालिका अध्यक्ष केशव महतको आगामी नीति तथा कार्यक्रम ।