दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाख बजेट

| असार १२, २०८० मंगलबार

A A A
A A A

१२ असार, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ६४ लाख बराबरको बजेट प्रस्ताव गरेको छ ।

 

गत आइतबार १३ औँ गाउँ सभामा पालिकाकी उपाध्यक्ष खमला थापा मगरले सो बजेट प्रस्तुत गरेकी हुन् । पालिकाकी उपाध्यक्ष थापा मगरले पालिका अध्यक्ष मैनकुमार मोक्तान,प्रमुख प्रशासकीय अधिकृत पुष्पलाल धमला, ७ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा उपाध्यक्ष पाख्रिनले आगामी बजेट प्रस्तुत गरेकी हुन् । 

 

बजेटमा यस आर्थिक वर्ष अध्यक्ष र उपाध्यक्षले विनियोजन गर्न पाउने गरी ३ करोड रुपैयाँ छुट्ट्याएको छ । अध्यक्षको जगेडा कोषका लागि २ करोड र उपाध्यक्षको जगेडा कोषका १ करोड राखिएको छ ।

 

तस्बिर हेर्नुहोस्