सुनापति गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख बजेट, यी हुन आगामी योजना ?

| असार १२, २०८० मंगलबार

A A A
A A A

१२ असार, रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५४ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गत असार १० गते १३ औँ गाउँ सभामा उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले ५४ करोड ७८ लाखको बजेट सार्वजनिक गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा ८ करोड कम हो । 

 

०८१ को लागि ५४ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्षमा गाउँपालिकाले ६० करोड बराबरको बजेट ल्याएको थियो । 

 

उपाध्यक्ष विष्टले पालिका अध्यक्ष ठूलोकान्छा तामाङ प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी, ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा दोस्रो कार्यकालको दोस्रो बजेट सार्वजनिक गरेकी हुन् । 

 

 

आगामी वर्षको नीति तथा कार्यक्रममा वडा नम्बर १ गुन्सीको वडा कार्यालय आसपासको सडक कालोपत्रे, स्तर उन्नति र वडा नम्बर २ को दिमीपोखरीको वडा कार्यालय आसपासको क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गर्ने, पालिकाको गौरवको आयोजना खानेपानी योजना सञ्चालन गर्ने लगायताका योजना राखेको यो पालिकाले पालिका केन्द्र वडा नम्बर ३ हिलदेवीमा गाउँपालिकाको लगानीमा नै १ किलोमिटर सडक कालोपत्रे गर्न लगायताका योजना समावेश गरेको छ ।