खाँडादेवी गाउँपालिकाको बजेट ६४ करोड ४३ लाख ४० हजार, चालु आवको भन्दा १८ करोडले कम (भिडिओ)

| असार १३, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१३ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ६४ करोड ४३ लाख ४० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

 

गत शनिवार १३ औँ गाउँ सभामा उपाध्यक्ष रमा घिसिङले उक्त बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा १६ करोडले कम हो । चालु आवमा पालिकाले खाँडादेवी ८० करोड ८१ लाख बराबरको बजेट  ल्याएको थियो । 

 

 

संघ र प्रदेशबाट प्राप्त हुने बजेटमा कमी भएसँगै गाउँपालिकाको बजेटको आकार पनि घटेको पालिकाकी उपाध्यक्ष घिसिङले बताइन् । 

 

पालिकाको सभा हलमा पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने,  ९  वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय, कर्मचारी, पत्रकार, संचारकर्मीसहितको उपस्थितिमा उपाध्यक्ष घिसिङले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा छलफल चलिरहेको छ । 


भिडिओ हेर्नुहोस्