नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले ६ बुँदे माग गर्दै  ‘सिडिओ’लाई बुझायो ज्ञापन पत्र

| असार १३, २०८० बुधबार

A A A
A A A

१३ असार, रामेछाप । नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले सुनचाँदीमा बजेटको व्यवस्था गर्न लगायतका ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत सरकारको ध्यानाकर्षण गरेको छ । बजेटमा व्यवस्था भएको परम्परागत पेसा व्यवसायलाई संरक्षण गर्ने बुँदालाई आफैले काटेर सुनचाँदी व्यवसायलाई अप्ठेरोमा पार्ने काम भएकाले त्यसलाई तत्काल सुधार गर्नु पर्ने उसको भनाई छ । 

 

बुधवार संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष समेत रहेका कृष्णा गहतराजको नेतृत्वमा पुगेको संघको पदाधिकारीको टिमले आफ्ना मागहरूलाई सम्बोधन गर्न रामेछापकी (सिडिओ) अनिता निरौलालाई ६ बुँदे ज्ञापन पत्र बुझाएको रामेछाप उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं सुनचाँदी कला व्यवसायी संघका निवर्तमान केन्द्रीय, सुनचाँदी व्यवसायी आकाश रिजालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा सुनचाँदीका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने, भन्सार दरमा वृद्धि गर्ने, झिटीगुन्टा भारीको व्यवस्थामा परिवर्तन गरी पुरुषलाई २५ ग्राम र महिलालाई ५० ग्राम सम्म भन्सार छुटमा गरगहना ल्याउन पाउने व्यवस्था गर्दा देशै भरिका सुनचाँदी गरगहना व्यवसायी र आम उपभोक्तामा असार पुगेको अवस्था छ ।

 

 

त्यस्तै सुनचाँदी व्यवसायीहरूले सरकारको यो नियमले सरकारको राजश्व लगायत समस्त अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने भएकोले सरकारको ध्यानाकर्षण हुनु पर्ने स्मरण गरेको छ । 

 

यो हेर्नुहोस् पत्र