सानीमदौ र पकरबासको सामुदायिक वनमा रोपियो बहु उपयोगी ३ सय बढी बिरुवा

| असार १४, २०८० बिहिबार

A A A
A A A

१४ असार, रामेछाप । डिभिजन वन कार्यालय रामेछापले जलवायु परिवर्तन र त्यसको असरलाई न्यूनीकरण गर्न वृक्षारोपण कार्यक्रम गरेको छ । जिल्लाका सुख्खा ग्रस्त क्षेत्रमा हरियाली बनाउने योजना सहित वर्षा हुने र रोपको बिरुवा सर्ने मुख्य समय पारेर तीन सय बढी भन्दा बिरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी देवेन्द्र यादवले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘विभिन्न कारणले जलवायु परिवर्तन हुँदा हाम्रो वातावरणमा प्रमुख असर पर्ने गरेको छ । त्यसैलाई न्यूनीकरण गर्नको लागि वृक्षारोपण गरिएको हो ।’ यो वर्ष डिभिजन वन कार्यालयले विभिन्न प्रजातिका करिब १२ हजार बोट, बिरुवा रोप्ने योजना सुनाए । 

 

 

डिभिजन वन कार्यालय रामेछापको आयोजनामा र मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको पकरबासमा वृक्षारोपण गरिएको हो । 

 

 

सानीमदौ सामुदायिक वन र पकरबास स्थित सामुदायिक वन उपभोक्ता समितिको प्रायोजकमा बिरुवा रोपिएको सूचना अधिकारी यादवले जानकारी दिए । उनका अनुसार स्वामी, कपुर, तेज पात, क्यासिया, सिसौ, वीरेन्द्र फूल, इपिल, बकाइनो लगायतका बिरुवा रोपिएको हो । 

 

 

काठ, जडी-बुटी र घाँस उत्पादन गर्न सकिने यी बहु उपयोगी बिरुवाहरू सानीमदौमा मन्थली नगरका प्रमुख लव श्रेष्ठ, डिभिजन वन प्रमुख ओम सागर भण्डारी, जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुली, नयाँ गोरख गण रामेछापका मेजरको भरत पुरीको नेतृत्वको टोली, सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष रत्न नेवार, केन्द्रीय प्रतिनिधि दुर्गा श्रेष्ठ सहित सय जना भन्दा बढीको उपस्थितिमा रोपिएको हो । 

 

वृक्षारोपण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले हरियाली मन्थली मनाउने लक्ष्य आफ्नो चुनावी एजेन्डा समेत भएकाले नगरले वृक्षारोपण कार्यलाई पहिलो प्राथमिकता दिने बताए । 

 

 

त्यस्तै खाँडादेवीको पकरबासमा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकारी नारायण लामिछाने, पूर्व उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष कृष्ण पौडेल, ५ का अध्यक्ष मनोज पौडेल, ४ कै पूर्व अध्यक्ष धनबहादुर मानन्धर, पालिकाको सामुदायिक वन समितिका अध्यक्ष युबबहादुर मानन्धर लगायत स्थानीयको उपस्थितिमा १५० बिरुवा रोपिएको छ ।