सार्वजनिक बिदाको दिन कर्मचारीले फूल रोपेर प्रशासनको परिसर सजाए (फोटोफिचर)

| असार १५, २०८० शुक्रबार

A A A
A A A

१५ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछाप परिसरमा फुलका बिरुवा रोपिएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित प्रशासनका कर्मचारीहरूको सहभागितामा बिहीबार राष्ट्रिय वृक्षारोपण दिवस एवं बकर इदको सार्वजनिक बिदाको अवसर पारेर प्रशासन परिसर सजाइएको हो । बकर इदको अवसरमा सरकारले देश व्यापी सार्वजनिक बिदा दिएको थियो । 

 

जिल्लामा (प्रजिअ) को रूपमा आए देखिनै कार्यालयमा रहेका पुराना धुलो लागेका फाइललाई व्यवस्थित गर्ने, कर्मचारी प्रोत्साहन गर्न नयाँ ठाउँमा सामूहिक भ्रमण गर्ने लगायतका काम गर्दै आएको प्रजिअ निरौलाले शुक्रवार कर्मचारीहरूकै संलग्नतामा ढुङ्गा, माटो व्यवस्थापन गर्दै कार्यालय परिसरलाई सरसफाइ तथा फूल रोपेकी हुन् । 

 

तस्बिर स्रोत प्रशासनको फेस्बुक ।