रामेछापले फुटबल इतिहासमा पहिलो पटक दशरथ रंगशालामा खेल्यो, टिम रामेछापले संकटा यु–१६ लाई बराबरीमा रोक्यो

| असार २१, २०८० बिहिबार

A A A
A A A

२१ असार, रामेछाप । रामेछाप जिल्लाको फुटबल इतिहासमै  पहिलो पटक जिल्लाको प्रतिनिधित्व गर्दै रामेछापको टिमले दशरथ रंगशालामा खेलेको छ । रामेछाप जिल्ला फुटबल संघ यु–१९ डिएफ्ए भर्सेस संकटा यु–१६ एफसी बुधवार मैत्रीपूर्ण प्रतिस्पर्धा भएको हो । जसमा दुवै टिमले बराबरी खेलेका छन् । 

 

 

निर्धारित ९० मिनेट सम्म दुवै टिमले गोल गर्न सकेनन् । अर्थात् ०–० मा खेल टुङ्गियो । 

रामेछापवासी एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, घिसिङका स्वकीय सचिव गंगालाल गोले,  संकटा क्लबका अध्यक्ष इन्द्र मान तुलाधर, संकटा क्लब परिवार, रामेछाप जिल्ला खेलकुद विकास समिति अध्यक्ष सरोज गाहा मगर र रामेछाप (जिखेप) को पहलमा मैत्री पूर्ण खेल खेलाउन सकिएको जिल्ला फुटबल संघ रामेछापका  अध्यक्ष सुन्दर घिमिरेले बताए ।

 

 

मैत्री पूर्ण खेलको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले रामेछाप अब फुटबलमय बन्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले भने ‘रामेछापको खेलकुद विकासको लागि म दिलोज्यानले लाग्नेछु ।’