एसइई नतिजा : रामेछापबाट ३.६ देखि ४.० जिपिए ४९, २.० देखि २.४ सम्म ९५७ जना,१.६ जिपिए २५४ जनाले पाए (सूची)

| असार २२, २०८० शुक्रबार

A A A
A A A

२२ असार, रामेछाप । माध्यमिक शिक्षा परीक्षा (एसइई) ले बिहीबार २०७९ को नतिजा सार्वजनिक भएको छ । जसमा रामेछापबाट परीक्षामा सहभागी ३ हजार ३८ जनाले परीक्षा दिएका थिए । भने, २५ जना ‘एप्सेन’  भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार २५ जना ‘एप्सेन’ भएका बाहेक सबै विद्यार्थीले  निम्न अनुसारको ग्रेड तथा जिपिए ल्याएका छन् । 

 

३.६ देखि ४‍.० जिपिए ल्याउने सङ्ख्या ४९ जना

३.२ देखि ३.६ सम्म १४० जना, 

२‍.८ देखि ३.२ सम्म २८३ जना,

२.४ देखि २.८ सम्म ६१३ जना,

२.० देखि २.४ सम्म ९५७ जना 

१.६ देखि २.० सम्म ७१७ जना,

१.६ भन्दा कम ल्याउने २५४ जना,

 

गत वर्षको नतिजासँग तुलना गरी नसकेको बताउँदै यो तथ्याङ्क गत वर्षको भन्दा राम्रै मानिएको प्रमुख भट्टराईले बताए । उनले जिल्लाको कुन विद्यालयबाट सबै भन्दा बढी विद्यार्थी पास भए भन्ने अहिले आफूहरुलाई थाहा नहुने बताए । 

 

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’ ग्रेड प्रदान गरिन्छ । 

 

त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।

 

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्षको माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । उनले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । 

 

 

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि समग्रमा गएको वर्षभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताए । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।