मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले दियो साउन १९ गते सम्म बर्खे बिदा

| असार २२, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२२ असार, रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले आइतबार देखि करिब एक महिना बर्खे बिदा दिएको छ । 

 

क्याम्पसको वार्षिक क्यालेन्डर अनुसार २४ गतेदेखि आइतबार देखि आउँदो साउन १९ गते सम्म वर्षे बिदा हुने भएको क्याम्पसले शुक्रवार (आज) एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

 

सो समयावधिमा भौतिक रूपमा पठनपाठन बन्द रहने छ । भने, त्रि.वि.द्वारा लिइने परीक्षा एवम् दैनिक प्रशासनिक कार्य भने सुचारु रहने क्याम्पस प्रमुख डा. भरतकुमार श्रेष्ठले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।