मन्थलीमा भएको ‘स्लो बाइक रेसमा’ गेलुका अनिष थापा मगर बने प्रथम

| असार २३, २०८० शनिबार

A A A
A A A

२३ असार, रामेछाप । नेकपा एमाले निकट खेलकुद समिति नेपाल खेलकुद महासंंघ (नेकोस) मन्थली नगर कमिटीले आयोजना गरेको ‘स्लो बाइक रेसमा’  मन्थली नगरपालिका वडा नं ११ गेलुका अनिस थापा मगर प्रथम भएका छन् । उनले प्रथम पुरस्कार रु १० हजार नगद र ट्रफि प्राप्त गरेका छन् । 

 

त्यस्तै मन्थली–३ कठजोरका अनिष केसी दोस्रो भएका छन् । उनले द्वितीय पुरस्कार रु ७ हजार नगद र ट्रफि प्राप्त गरे । 

 

त्यस्तै तेस्रो  मन्थली–६ भलुवाजोरका सन्तोष श्रेष्ठ बने उनले नगद रु ५ हजार प्राप्त गरेका छन् । 

शनिवार (आज) बिहान मन्थली नरपालिका वडा नं १ स्थित मन्थली माविको खेल मैदानमा भएको उक्त ‘स्लो बाइक रेसमा’ ५७ जनाले सहभागिता जनाएका थिए । 

 

नगर खेलकुद महासंघका अध्यक्ष रमेश चापागाईँको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, वडा नं १ र ३ का वडा अध्यक्षहरू, नेकपा एमालेका उपसचिव होतराज ढकाल, रामेछाप उद्योग वाणिज्य संघ, रामेछापका पूर्व अध्यक्ष श्याम थापा लगायतको उपस्थिति रहेको अध्यक्ष चापागाईँले रामेछाप टाइम्सलाई जानकारी दिए ।