रामेछाप काँग्रेस र नेविसंघका नेताहरूको पहलमा एक हजार बढी बिरुवा प्रदान

| असार २४, २०८० आइतबार

A A A
A A A

२४ असार, रामेछाप । वृक्षारोपण गरी सुख्खा क्षेत्रलाई हरियाली बनाउनु पर्ने सन्देशसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका विद्यार्थी नेताहरूको पहलमा बिरुवा हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस रामेछापका नेता नारायणप्रसाद भट्टराई, राजेश श्रेष्ठ, सौरभ केसी, नारायण घिमिरे, उज्ज्वल राम घिमिरे र मन्थली नगरपालिका वडा न–१ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) को सहयोगमा एक हजार ७५ वटा विभिन्न प्रजातिको बिरुवा वन विभाग मुलपानीबाट ल्याएर वितरण गरिएको हो ।

 

गत शुक्रवार मन्थलीमा नेविसंघका विद्यार्थी नेताद्वय नेविसंघका सह–सचिव मनिषबहादुर चुहान र तरुण दलका युवा नेता सन्तोष कुमार भट्टराई, अनिल कार्की र अमन भट्टराईको पहलमा ती बिरुवा प्रदान गरेका हुन् । 

 

उनीहरूले नेपाली काँग्रेस पार्टी कार्यालय मन्थलीमा २५०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ८०, रामेछाप बहु प्राविधिक शिक्षालयमा ३०, श्री आधारभूत विद्यालय अर्चलेमा ७०, श्री कालिका आधारभूत विद्यालयमा ५०, ठाँटी आधारभूत स्वास्थ्य केन्द्रमा ७०, डाँडा गाउँ चौतारा मन्थली–३ कठजोरमा १००, मन्थली २ वडा कार्यालयमा २०, जिल्ला प्रहरी कार्यालय रामेछापमा २०० र श्री सिद्धेश्वर आधारभूत विद्यालय तथा मन्थली ६ मा १५० वटा बिरुवा प्रदान गरेको नेविसंघका विद्यार्थी नेता अनिल कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।