नेपाली सेना र मन्थली टिमबिच मैत्री पूर्ण फुटबल सम्पन्न

| असार २४, २०८० आइतबार

A A A
A A A

२४ असार, रामेछाप । नयाँ गोरख गण (नेपाली सेना) रामेछाप र मन्थली टिमबिच आइबार मन्थलीमा मैत्री पूर्ण फुटलब खेल सम्पन्न भएको छ । जसमा नयाँ गोरख गण रामेछापले मन्थली टिममाथि २ गोल अन्तरको जित निकालेको छ । 

 

‘स्वास्थ्यका‌ लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा सहित मन्थली स्थित हाटे चौर खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटमा गोरख गण टिमले ४ गोल गर्‍यो भने मन्थली टिमले २ गोल गर्न सकेको जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार सो मैत्रीपूर्ण प्रतिस्पर्धामा दुवै टिमले राम्रो प्रस्तुति गरेका थिए । नयाँ गोरख गणका मेजर भरत पुरीले खेलाडीलाई बल हस्तान्तरण गरी खेल मैत्रीपूर्ण खेल उद्घाटन गरेका थिए । 

 

रामेछाप खेलकुदको इतिहाशमा पहिलो पटक दशरथ रंगशालामा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको केही दिनपछि जिल्लामा पनि मैत्री पूर्ण खेल भएको हो । जिल्लामा फुटबल खेलको विकासमा निरन्तर लागि रहेको र यो क्रम जारी रहने  संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।