रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा अमित तामाङ

| असार २५, २०८० सोमबार

A A A
A A A

२५ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिका स्थित रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा अमित तामाङ सर्व सहमतिले चयन भएका छन् । 

 

सोमबार भएको नगर उद्योग वाणिज्य संघको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले तामाङको अध्यक्षतामा समिति गठन गरेको व्यवसायी एवं नेकपा माओवादी केन्द्रका नेता सरोज कटुवालले जानकारी गराए । 

 

नगर संघको वाणिज्य उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, उद्योग उपाध्यक्षमा देवबहादुर श्रेष्ठ चयन भए । भने, महासचिवमा रत्नबहादुर नेवार, कोषाध्यक्षमा धनराज खड्का चयन भएका छन् । 

त्यस्तै एसोसियट सदस्यमा चुक्तबहादुर मगर र सुधीर कार्की चयन हुँदा डम्बरबहादुर श्रेष्ठ, गोविन्दबहादुर बस्नेत, तुलसा कार्की खुला सदस्य बनेका छन् । नगरभित्रका व्यापार व्यवसायीको हक हितको लागि काम गर्दै आएको नगर उद्योग वाणिज्य संघमा पछिल्लो समय व्यवसायीहरूको आबद्धता बढ्दै गएको छ । 

 

सोमबार भएको संघको अधिवेशनमा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, वडा नं ८ का अध्यक्ष सन्तोष तामाङ, रामेछाप उद्योग वाणिज्य संघका रामेछापका अध्यक्ष नवीन थापा मगर, महासचिव कुमार श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय रामेछापका उद्योग अधिकृत सुवोध कुमार साह कर्मयोगीलगायतको उपस्थिति रहेको  थियो ।