रामेछाप प्रहरीले स्थानीय तहहरूसँगको सहकार्यमा खिम्ती र सित्खापुलमा गाडीको नम्बर क्याप्चर गर्न सक्ने सिसिटिभी जडान गर्‍यो

| असार २८, २०८० बिहिबार

खिम्ती प्रहरी चेक पोस्टमा सिसिटिभी जडान गरिँदै
A A A
A A A

२८ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय (जिप्रका) रामेछाप यहाँका स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर शान्ति सुरक्षालाई थप मजबुद् बनाउन लागि परेको छ । त्यसको लागि (जिप्रका) ले स्थानीय तहहरूसँग सहकार्य गरेर आधुनिक प्रविधिको प्रयोग बढाउँदै मुख्य बजार र नाकाहरूमा सिसिटिभी जडान गर्न थालेको जिप्रकाले जनाएको छ । यसले त्यहाँ घट्ने घटनालाई न्यूनिकरण गर्न मद्दत पुग्ने छ । 

 

सोही कार्यक्रम अन्तरगत जिप्रकाले लिखु तामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिकासँगको सहयोगमा यी दुई पालिकाका मुख्य बजार र प्रवेश नाकामा सिसिटिभी जडान गरेको जानकारी दिएको छ । 

 

लिखु तामाकोशी गाउँपालिका वडा नं ६, खिम्ती बजारका विभिन्न स्थानहरूमा यही गएको १७ गते ६ थान र खाँडादेवी गाउँपालिका वडा नं ३ को सित्खापुलमा ८ गते १ थान सवारीको  नम्बर क्याप्चर गर्न सक्ने सिसिटिभी जडान गरिएको जिप्रका रामेछापका सूचना अधिकारी दिलीपकुमार थापाले जानकारी दिए । 

तस्बिर स्रोत जिप्रका रामेछापको पेज