भालुको आक्रमणमा परी बाम्तीभण्डारमा पासाङ शेर्पा गम्भीर घाइते

| असार ३१, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

३१ असार, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएका छन् ।

 

शनिवार बिहानै भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा बाम्ती कै ४७ वर्षीय पासाङ शेर्पा रहेका छन् । उनलाई चित्रे पोखरी उर्गेन सामुदायिक वनमा चौँरी चराउने गएको बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

भालुको आक्रमणबाट शेर्पाको दुवै गालामा चोट लागेको छ ।  

 

उनको उद्धार गरी बाम्ती स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी कामाण्डौ लगिएको बाम्ती प्रहरी चौकीले जनाएको  छ ।