काठमाडौँबाट रामेछापको खिम्ती आउँदै गरेको सुमोमा आगो लाग्यो (भिडिओ)

| असार ३१, २०८० आइतबार

A A A
A A A

३१ असार, रामेछाप । काठमाडौँबाट रामेछापको खिम्ती आउँदै गरेको टाटा सुमोमा आगो लागि भएको छ । आगो लागीबाट यात्रु बाहक त्रिवेणी यातायातको टाटा पूर्ण रूपमा जेलको छ । 

 

ना १ ज ४८४८ नम्बरको टाटा सुमोमा एक्कासि आगो लागेको प्रत्यक्ष दर्शीले बताएका छन् । आगोलागिमा कुनै मानवीय क्षति भने भएको छैन । 

 

आगो के कारणले लागेको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त टाटा सुमो काठमाडौँबाट खिम्ती–बिर्ता–स्वाहारा तर्फ जाँदै गर्दा खिम्तीको बाट केही माथि उकालोमा एक्कासि आगो लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

सामाजिक संचालमा जेसिएस् नाम गरेका सवारी चालकले आगोले सुमो पूर्ण रूपमा जलेको भिडिओ पोस्ट गरेका छन् । 

 

@rjmilanbk आज काठमाडौंबाट रामेछाप आउदै गरेको सुमाेमा आगाेलागि #nepali #viralvideo #Tiktok #aagolagi #sumobitotiktok #gold #Manthali ♬ original sound - Badal Thapa Magar