यस्तो छ रामेछाप जिल्लाभरी लागू हुने यात्रु वाहक सवारीको भाडादर, कहाँ जान कति भाडा (सूचीसहित)

| असार ३१, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

३१ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला भित्र चल्ने यात्रु बाहक सवारीको भाडादर कायम गरेको छ । आठ वटा स्थानीय तहका ६४ वटा वडा रहेको रामेछापमा ठुला तथा साना सवारी संचालन हुँदै आएको छ । 

 

आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सरोकारवालाको बैठकले जिल्लाभित्र चल्ने यात्रु वाहक बस, टाटा सुमो लगायतको सवारीको भाडादर निर्धारण गरेको छ । आजको बैठकले गुम्देलदेखि गौश्वारसम्मको भाडा निर्धारण गरेको हो । 

 

यसअगाडि जिल्ला भित्रको सड्क रुटमा संचालन हुने यात्रु वाहक सवारी साधनहरूको भाडादर उप–समितिबाट पेस भएको प्रतिवेदन समेतलाई छलफल गरी नयाँ भाडादर कायम गरिएको हो । 

 

त्यस्तै देशका विभिन्न स्थानबाट मन्थलीसम्म चल्ने विद्युतीय यात्रुवाहक सवारी साधनहरूको भाडादर समेत पुनरावलोकन गरी यकिन गर्न प्रदेश सरकारको सम्बन्धित निकायमा अनुरोध गरेको छ । 

 

त्यस्तै काठमाडौँ– मन्थली चल्ने यात्रुवाहक सवारी साधनको भाडादर प्रदेश सरकारले तोके बमोजिम मात्र लिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । डिलक्सको लागि थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था कार्यान्वयन गर्दा डिलक्सको लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना गर्न समेत यातायात व्यवसायीलाई आग्रह गरेको छ । 

 

सरोकारवालाहरूको बैठकले ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूले नियमानुसार पाउने भाडा छुटको व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिँदै, सवारी साधनका चालक तथा सहचालक र यात्रुहरूबिचको सम्बन्धलाई सुमधुर बनाउन अनुरोध गर्ने, जिल्ला भाडादर निर्धारण समितिबाट निर्धारण भएको भाडादरको विवरण यात्रुहरूले देख्ने गरी सार्वजनिक स्थान टाँस्ने निर्णय गरेको छ । 

 

यो हेर्नुहोस् निर्णय र भाडादर