मन्थली बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते, काठमाडौँ लगियो

| साउन १, २०८० सोमबार

दुर्घटना स्थल
A A A
A A A

१ साउन, रामेछाप । मन्थलीको व्यस्त बजार क्षेत्र कटरबोट एरियामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । 

 

 

सोमबार दिउँसो करिब १ ः ३० बजेको समयमा देवकोटा चोकबाट बसपार्क तर्फ जाँदै गरेको बा ५३ प ५३८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा चालक मन्थली नगरपालिका वडा नं २ टेकानपुरका ३३ वर्षीय पुष्पराज दाहाल घाइते भएका हुन् ।

 

 

घाइते दाहालको अवस्था मध्यम (बोल्न सक्ने) रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले रामेछाप टाइम्सलाई जानकारी दिए । घाइतेको मन्थलीको तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । 

 

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित बनेको र एकतर्फी पार्किङको सवारी हुँदा दुर्घटना भएको थियो । 

 

तस्बिर स्रोत जय मानन्धर