जनप्रतिनिधिले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु–नगरप्रमुख श्रेष्ठ (भिडिओ)

| साउन ६, २०८० शनिबार

A A A
A A A

६ साउन, रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले स्थानीय सरकारले गरेका कामलाई पत्रकारहरूले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु आग्रह गरेका छन् । जिल्लाका पत्रकारहरूले यहाँका धार्मिक, पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने गरी कलम चलाउनु पर्नेमा उनको जोड् छ । 

 

शनिवार मन्थलीमा भएको राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा रामेछापको प्रथम भेला तथा शाखा विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले भने ‘हामीले गरेका काम राम्रो भए राम्रो र नराम्रो भए नराम्रो भयो भनेर स्पष्ट लेखिदिनु पर्‍यो । हामी अदुवालाई अदुवा भन्छौँ । बेसारलाई बेसार भन्छौँ । नत्र दुबिधा हुन्छ ।लेख्दा त्यस्तो नहोस् ।’

 

उनले पत्रकारले गर्ने हरेक क्रियाकलाप कसैको जीवनमा आघात नपुग्ने गरी लेख्नु उपयुक्त हुने बताए । ‘हामीले कर्तव्य पूरा गर्‍यौँ भने त्यसको सबै कुरा स्पष्ट हुन्छ । राजनीतिक हिसाबले सहज होस् भन्ने उद्देश्यले हामी समिति, कमिटी बिस्तारमा छौँ ।’ 

 

फोटो पत्रकारले नगरको पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउन सक्नु पर्नेमा जोड् दिए ।