बाम्तीभण्डारमा श्रमदानबाट सडक मर्मत कार्यले निरन्तर पाउँदै

| साउन ७, २०८० आइतबार

A A A
A A A

७ साउन, रामेछाप । ‘आफ्नो गाउँ, आफै बनाऊ’ अभियान अन्तरगत उमाकुण्ड गाउँपालिका बाम्तीभण्डारमा श्रमदानले प्राथमिकता पाएको छ । असारे झरीको हिलोले गर्दा कच्ची सडकमा यात्रुवाहक सवारीलाई सास्ती खेप्नु परेको परिस्थितिलाई ध्यानमा राख्दै पालिकाले गठन गरेको टोल विकास समिति र वडा कार्यालयको सहजिकरणमा श्रमदानबाटै सडकको समस्या समाधान गर्ने कार्यले निरन्तरता पाएको रामेछाप टाइम्सकर्मी जीवन घतानेले जानकारी दिए । 

 

उनका अनुसार वडा अध्यक्ष खम्बधोज बस्नेत सहित टोल विकास समितिका अध्यक्ष पदाधिकारीहरूको सक्रियतामा आफ्नो टोल भित्र सवारी पास हुन नसक्ने सडकमा सोलिङ गर्ने, खाल्डा, हिलो पुर्ने र सडकलाई सहज पार्ने काम जोड बलका साथ गर्दै आएको हुन् । 

 

स्थानीयहरूको पनि निकै चासो र सक्रियता पाएपछि त्यहाँ दैनिक काम गर्दा करिब १२ मिटर सडक सोलिङ गर्न सम्भव भएको स्थानीय समेत रहेका घतानेले जानकारी दिए । स्थानीय सरकारसँग तत्कालीन समयमा बजेट नभएको र काम गर्नै पर्ने भएकाले श्रमदानमा नै अहिले स्थानीयहरूको राम्रो साथ पाएको उनको भनाई छ । 

 

केही दिन अगाडि पालिकाको मद्यमार्गी सडक अन्तरगत वडा नं २ र ३ जोड्ने सडक सोलिङ् गरेका स्थानीयले शनिबार देउराली –रत्नज्योति हुँदै ठाडो खोला जोड्ने लुँभुँ सडकमा सोलिङ गरेका हुन् । यसरी उनीहरुले प्रत्येक शनिवार जनश्रमदानबाट सडक मर्मत गर्न निरन्तर दिन थालेको हुन् ।