शान्तिदीप यूवा क्लबको अध्यक्षमा सुरेश उदास

| साउन १४, २०८० आइतबार

A A A
A A A

१४ साउन, रामेछाप । जिल्लाकै पुरानो क्लब ‘शान्तीदीप यूवा क्लब’ रामेछापको अध्यक्षमा सुरेश उदास सर्वसहमितिले अध्यक्षमा चुनिएका छन् । 

 

 

शनिवार सदरमुकाम मन्थलीमा भएको क्लबको १५ औँ साधारण सभा एवं ८ औँ जिल्ला अधिवेशनले मन्थली देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष समेत रहेका उदासलाई क्लबको अध्यक्षको जिम्मेवारीमा निर्वाचित गरेको हो । व्यवसायी गर्दै आएका उदास विभिन्न संघ संस्थामा बसेर सफल जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

 

रामेछाप उद्योग वाणिज्य संघ, रामेछापको निवर्तमान सचिव समेत रहेका उदास सदरमुकाम मन्थलीमा प्रथमा मनिट्रान्फर (आइएम) का सञ्चालक समेत हुन् । 

 

 

त्यस्तै क्लबको उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ र सह–सचिवमा राजु थापा मगर स्वसहमतिले चयन भएका छन् । भने, कोषाध्यक्षमा शम्सेर थापाले जिम्मेवारी पाएका छन् । 

 

विभिन्न सामाजिक कार्यहरू गर्दै आएको क्लबको सदस्यमा राजेश खडका, कमल खत्री, पर्वत बि क, अनिता थापामगर, पुष्पा श्रेष्ठ, कल्पना आले, सरिता चौलागाई, सुवास फुयाँल, सनम थापा मगर, रत्न श्रेष्ठ, पदम कार्की (शिव) र प्रमेश ढुगेल चयन भएका छन् ।