वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कोरोना नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित (पूर्णपाठ)

प्रदेशका बासिन्दाको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

 


प्रदेश सभाको बिहिबारको बैठकमा उनलेप्रदेश सरकारको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

 

सार्वजनिक गरिएको नीति तथा कार्याक्रममा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्दै अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रदेशको पहिलो प्राथमिकतामा रहेको बताए । 
कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका धेरै विषयवस्तु समावेश गरि कार्याक्रम ल्याएको छ ।  


यस्तै कार्यक्रममा कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने, कोरोनाविरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकता अनुसार प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दालाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने लगायतका बुँदा उल्लेख छन् । 

 

कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईँले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

पूर्णपाठ पढ्नुहोस्

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पूर्णपाठ

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार