दोरम्बा शैलुङ गाउँपालिकामा विष सेवन गर्दा ६० वर्षीय वृद्धा गम्भीर

| साउन १७, २०८० बुधबार

वृद्धाको संकेतिक तस्बिर
A A A
A A A

१७ साउन, रामेछाप । दोरम्बा शैलुंङ गाउँपालिका वडा नं १ मा विष खाँदा एक जना गम्भीर बनेका छन् ।  यसरी गम्भीर हुनेमा सोही ठाउँको मेग्रे बस्ने ६० वर्षीय वृद्धा ६० चन्द्रबहादुर कार्की रहेको उनका ज्वाइँ राजन खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । लामो समयदेखि प्यारालाइसिसबाट पीडित चन्द्रबहादुरले आफ्नै घरमा मेटासिट खाएको ज्वाइँ राजनले बताए । 

 

गत सोमबार अपराह्न ४ बजेतिर विष खानु भएछ, ६ बजे हामीले काठमाडौँ ल्याइ सकेका थियौँ राजन खड्काले भने ।

 

विष सेवनबाट गम्भीर अवस्थामा पुगेका चन्द्रबहादुरको अहिले काठमाडौँ स्थित क्रिष्ट अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको ज्वाइँ राजनले रामेछाप टाइम्सलाई बताए । ‘आइसियुमा उपचार हुँदै छ, सुधार हुँदै छ डक्टरहरूको भनाई उद्धृत गर्दै राजनले भने ।