बौद्ध जोरपाटीमा गुण्डागर्दी गर्ने रामेछापका ‘बाफ्ले’ सहित ५ जना पक्राउ

| साउन १९, २०८० शुक्रबार

A A A
A A A

१९ साउन, रामेछाप । काठमाडौँको बौद्ध र जोरपाटीमा ‘एरियामा गुण्डागर्दी गर्ने रामेछापका एक जना सहित ५ जना पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पू घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को ‘बाफ्ले’ भन्ने विककी लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रवीण तामाङ रहेका छन्।

 

उनीहरू जोरपाटी बौद्धमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डर त्रास, तर्साउने गर्नुका साथै सर्वसाधारणहरूलाई कुटपिट, गैर कानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका थिए । 

 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत मंगलबार जोरपाटीबाट पक्राउ गरेको जनाएको हो । उनलाई गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौँमा पठाइएको छ ।