नेपाल माझी विद्यार्थी संघ रामेछापले एसइईमा पास भएका ३७ जना माझी विद्यार्थीलाई सम्मान गर्यो

| साउन २०, २०८० शनिबार

A A A
A A A

२० साउन, रामेछाप । नेपाल माझी विद्यार्थी संघ रामेछापले २०७९ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ । 

 

जिल्ला भरीमा माझी समुदायबाट एसइई परीक्षामा उत्तीर्ण भएका कूल ३७ जनालाई टीका, खादा र प्रसंशापत्रले सम्मान गरिएको नेपाल माझी उत्थान संघ रामेछाप–काठमाडौँ सम्पर्क समाजको अध्यक्ष बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनीहरूलाई मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नेपाल माझी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान संघका केन्द्रीय सचिव गोपाल माझी समेतको उपस्थितमा सम्मान प्रदान गरेका हुन् । 

 

सम्मान कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।