मन्थली हाटेचौर नजिकै तामाकोशी नदी किनारमा पुरुषको शव फेला

| साउन २१, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

२१ साउन, रामेछाप । मन्थली स्थित तामाकोशी नदीको किनारामा एक बेवारिसे शव फेला परेको छ ।

 

 

मन्थली नगरपालिका १ स्थित हाटेचौर नजिकै तामाकोशी नदीको किनारामा अन्दाजी  ४०/४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाको छ। 

 

 

शनिवार साँझ ६ बजे शव भेटिएको सूचना अधिकारी रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार शव सडेगलेको र घोप्टो अवस्थामा फेला परेको हो ।

 

 

भेटिएको शवलाई जिप्रकाबाट दिलीप कुमार थापाको काण्डमा खटिएको टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।