सुकाजोरमा एक घरमा आगो लाग्दा ७ लाख बराबरको क्षति

| साउन २१, २०८० आइतबार

A A A
A A A

२१ साउन, रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा एक घरमा  आगो लाग्दा जलेर ७ लाख बराबरको क्षति भएको छ । 

 

 

गत शुक्रवार राति अन्दाजी १ ः ०० बजेको समयमा सुकाजोर स्थित हिलेपानीका रामकुमार कार्कीको ढुङ्गा माटोले बनेको २ तल्ले कच्ची घरमा आगो लागेको कार्कीको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन । आगोलागिमा मानवीय क्षति नभए पनि एउटा वटा जर्सी गाई र बाच्छो, एउटा वटा गोरु,२ वटा खसी, ९ वटा कुखुरा जलेर मरेका छन् । 

 

त्यस्तै घरको अन्नपात, लत्ता कपडा पनि सबै जलेर नष्ट भएको छ । आगोलागिमा सात मुरी मकै,धान दश मुरी भाडावर्तन सबै जलेर नष्ट हुँदा अन्दाजी ७ लाख बराबरको क्षति भएको प्रहरी जवान सुनिता बि.कले जानकारी दिइन् । 

 

आगो प्रहरी चौकी रामेछाप डाँडाबाट  प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।