अन्तर्वार्ता : रामेछापमा कूल जनसंख्याको १० प्रतिशतले चस्मा लाउछन्, ‘आँखा पाक्ने रोग संक्रमितलाई हेर्दै सर्दैन–प्रमुख तामाङ (भिडिओ)

| साउन २२, २०८० सोमबार

A A A
A A A

२१ साउन, रामेछाप । यति बेला देश व्यापी रूपमा आँखा पाक्ने संक्रमणका कारण सबै पीडित र त्रसित छन् कतिपय त, यस सङ्क्रमणको चपेटोमा समेत परि सकेका छन् । यो अवस्थामा धेरैलाई देश व्यापी फैलिएको आँखा पाक्ने सक्रमणा रोगको र यसबाट बच्ने उपाएका बारेमा चासो बढी रहेको छ । सोही जनचासोको सन्दर्भ ध्यानमा राखेर रामेछाप टाइम्सका प्रधानसम्पादक मिलन घिमिरे (बि.क) ले रामेछापमा आँखाको रोग संक्रमण र रोकथाम बारे नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान रामेछाप, शल्यक्रिया आँखा केन्द्र (जिल्ला आँखा केन्द्र रामेछाप) प्रमुख उमेश तामाङसँग गरिएको जानकारी मूलक कुराकानी 

 

१ तपाई विगत ५ वर्षदेखि जिल्लामा आँखाको क्षेत्रमा काम गर्दै आउनु भएको छ । समग्रमा तत्कालीन अवस्था सम्म आइपुग्दा जिल्लावासीको दृष्टि कस्तो छ ?

हाम्रो कुल जनसंख्याको कुरा गर्नु पर्दा लगबग १० प्रतिशत जतिले चस्मा लगाउनु पर्ने अवस्था छ । त्यसपछि उमेरले गर्दा, विभिन्न अप्रेसन गरेपछि चस्मा लगाउनु पर्ने छन् । उमेर पुगेपछि चस्मा लगाउनु पर्ने अवस्थामा ६० प्रतिशत छन् । समग्रमा भन्दा जिल्लावासीको आँखाको समस्यामै छन् । 

 

२ यो १० प्रतिशतले चस्मा लगाउनु पर्ने अवस्था देखियो यो के कारणले गर्दा भयो ?

यो चैँ विविध कारणले छ । समयमा उपचार नपाए, समय समयमा आँखाको चेकअप नगराएर, आँखामा लागेका रोग बारेमा बढी सचेत नहुँदा जस्ता धेरै छन् । अझ बढिनै समयमा उपचार गर्न नपुगेरै हो । बेलैमा उपचार गराउने, स्वस्थ खानपान गरेमा रुल्फ्क्रिब इरररुले गर्दा समस्या भएको हो । 

 

३ यी चस्मा लगाउने १० प्रतिशतले चस्मा लगाएपछि पहिले जस्तै आँखा देख्छन् । अर्थात् केही समय लगाएर निको हुन्छ कि कस्तो ?

चस्मा लगाएपछि त्यो समस्या हट्छ । आँखालाई समस्या भएको थाहा हुन जेलसम्म लगाउने र लामो समय लाउँदा राम्रो हुन्छ । बेला बेला त्यसलाई यूज् गर्ने गरी देख्न सक्नु हुन्छ । 

डा. उमेश तामाङ, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

४ यो आँखाको क्षेत्र निकै गम्भीर विषय पनि हो । जिल्ला आँखा केन्द्रले त गाउँ गाउँमा शिविरहरू गरेर पनि यसको सेवा दिँदै आउनु भएको छ । हाल सम्म कतिलाई गाउँ गाउँ पुगेर उनीहरूको ज्योति दिलाइदिनु भयो ?

यो ५ वर्षमा हामीले विभिन्न गाउँ बस्तीसम्म पुगेर शिविरहरू गरेका छौ । २००१ देखि जिल्लामा सेवा सुरु गरेको हामीले २०२३ सम्म आइपुग्दा ४ हजार भन्दा बढीको मोतिया बिन्दुको अप्रेसन सक्सेस् गरेका छौँ । यहाँ सम्म आउनको लागि सुनापति, दोरम्बा, उमाकुण्ड लगायत जिल्लाकै पनि भौगोलिक विकटता भएका गाउँमा मान्छेहरू यहाँ सम्म आउन सक्नु भएको छैन । 

आइतबार जिल्ला आँखा केन्द्रमा उपचारको लागि पुगेका बिरामीहरु, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स 

यस्तो अवस्थामा हामी नै समय मिलाएर उनीहरूकै गाउँमा गएर सेवा दिँदै आएका छौँ । त्यसरी जाँदा शिविरमा सम्भव भए त्यही नभएर छनोट गरेर यहाँ ल्याएर उपचार गर्ने गरेका छौँ । हालसम्म ४६ वटा शिविर गरेर सेवा प्रदान गरेका छौँ । गाउँपालिका र नगरपालिकाहरुले पनि पछिल्लो समय सहयोग गर्नु भएको छ । वर्षमा कम्तीमा २५ वटा छनोट शिविर चैँ गाउँ गाउँ गएर नै छनोट गरेर अप्रेसन गरेका छौँ । यो पछिल्ला दिनहरूमा बढ्दै गएको छ । हाम्रो सेवा र आँखा रोगबारेमा सचेतना पनि सचेत हुँदै जानु भएको छ ।

 

गाउँका धेरै मान्छेहरूमा आँखाको रोग छ । किनकि त्यहाँका मान्छेहरू स्वास्थ्य चौकीहरूमा चेक गर्न जानु हुन्न । गए पनि राम्रो उपचार हुँदैन । त्यसमाथि जस्तो पनि औषधि प्रयोग गर्नु हुन्छ त्यसले गर्दा गाउँमा आँखाको संक्रमण धेरै छ । आँखामा अरू रोग जस्ता दुख्ने नै नभई पनि ज्योति गुम्ने अवस्था हुन्छ उहाँहरू त्यस्तो भएपछि मात्रै चेकप्को लागि आउनु हुने बढी छन् । नत्र आँखाको समस्यालाई ठुलो प्रब्लमको रूपमा लिँदैनन् । 

 

५ अहिले त बाहिर १०-१५ जनाको लाइन् छ कि अहिले आँखा पाक्ने संक्रमण फैलिएको छ । पहिले चैँ दैनिक कति बिरामी चेकप्को लागि अस्पताल आउँछन् ?

पहिले दैनिक २५ देखि ३० जना आउनु हुन्थ्यो । अहिले त देशव्यापी संक्रमण बढेकाले दैनिक ७०-८० जना सम्म आउनु हुन्छ । अहिले संक्रमण बढेको छ ।

 

६ आँखा पाक्ने रोग के कारणले गर्दा हुन्छ ?

यो भाइरसको कारणले गर्दा हो । यो विशेष गरी मौसमी भाइरस हो । यो घर, स्कुल, अफिस जता पनि हुन सक्छ । यो भाइरससँगै बसेर, हेरेर सर्दैन । यो सरुवा नै हो । तर, सर्नेको लागि संक्रमण भएको मान्छेको आँसु, कचेरा जस्ता पदार्थ स्वस्थ मान्छेमा परेमा सर्छ । यसबाट बच्नको लागि साबुन पानीले राम्रो हात धुने, सफा बस्ने, राख्ने, स्यानिटाइजरको प्रयोग गर्‍यो भने नियन्त्रण गर्न सकिन्छ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सिरानी, रुमाल जस्ता पर्सनल वस्तु प्रयोग नगर्ने गर्‍यो भने आँखा राख्ने रोगबाट बच्न सकिन्छ । आँखा पाक्ने रोग लागेका व्यक्तिलाई हेरेकै भरमा सर्दैन । 

यसबाट बच्नको लागि सङ्क्रमित व्यक्तिले चस्माको प्रयोग गर्ने, धुलो, हिलो र मैलोबाट बच्ने । 

 

७ आँखा पाक्ने रोग लागेका व्यक्तिले उपचार गर्न सक्ने अवस्थै भएन भने के हुन्छ ? दीर्घकालमा त्यस्तो गम्भीर केही असरहरू पर्छ कि ?

यो सिर्जनल फ्ल्यू भएको कारण त्यस्तो हुँदैन । संक्रमण भइहाल्यो भने चिसो पानीले सफा गर्ने । तातो पानीको प्रयोग नगर्ने । ५-७ दिन सम्म संक्रमण गर्छ । त्यसपछि यो आफै ठिक हुन्छ । त्यो बेला सम्म आँखालाई गाह्रो पर्ने वस्तुहरू नहेर्ने, बेला बेला सफा गर्ने गर्‍यो भने यो आफै निको हुन्छ । त्यस्तो आत्तिनू पर्दैन । तर, ठिकै भएन भने आँखाको नानी, डिल सुनेन क्रम जारी रह्यो भने त, डाक्टरको सल्ला लिनै पर्छ । 

 

८ फरक प्रसंगमा, यो आँखा केन्द्रले अब आफ्नो सेवा गाउँ गाउँमा विस्तार गर्ने योजना पनि चर्चा सुनिँदै आएको छ रु वास्तविकता के हो ?

हाम्रो सेवा विस्तार गर्ने भन्ने हाम्रो योजना छ । सबै पालिकामा पुर्‍याउन त, समय पनि लाग्दा तर, यहीबाट पनि हामीले सहरी र ग्रामीण आँखा केन्द्रको रूपमा विस्तार गरेर सेवा दिँदै आएका छौँ । खाँडादेवीमा रहेको ग्रामीण आँखा केन्द्र नेपालकै पहिलो ग्रामीण आँखा केन्द्र पनि हो । रामेछाप नगरपालिकामा जिल्ला अस्पतालमा हाम्रो सेवा छ । 

 

त्यस्तै मन्थली नगरपालिकाको मन्थली अस्पतालमा पनि सेवा उपलब्ध छ भने, लिखु तामाकोशीमा पनि यही साउन देखि सुरु गरेका छौँ । यी सेवा केन्द्रबाट मोतिया विन्दु शल्यक्रिया, उपचार भइरहेका छन् । अब, स्थानीय तहहरूले हामीलाई सहयोग र समन्वय गर्नु भयो भने हामी गाउँ गाउँसम्म पुर्‍याउन तयार छौँ । समग्रमा हामीले अहिले पनि १ लाख ५३ हजार ७ सय रोगीको आँखा उपचार गरिसकेका छौँ । अब हाम्रो सेवा विद्यालय, समुदाय र अस्पतालहरूमा पनि विस्तार गर्दै छौँ । 

 

भिडिओमा हेर्नुहोस्