नेविसंघको केन्द्रीय तदर्थ समितिमा रामेछापबाट १४ जना मनोनीत

| साउन २३, २०८० मंगलबार

A A A
A A A

२३ साउन, रामेछाप । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति विस्तार भएको छ । जसमा रामेछापबाट महिला पुरुष गरी १४ जना मनोनीतमा परेका छन् । 

 

 

हिजो सोमबार पार्टी सभापति शेरबहादुर देउवाले ७७ जिल्लाका ७१० जनालाई मनोनीत गरेका हुन् । सभापति देउवाले सोमबार बेलुकी दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघलाई विस्तार गरेका हुन्। 

 

७७ जिल्लाबाट नै प्रतिनिधि समावेश हुने गरी कूल ७ सय १० सदस्यीय नेविसंघ विस्तार गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले पत्रमार्फत जानकारी दिए ।

 

 

जसमा रामेछापबाट मनोनीत सदस्यमा विष्णु श्रेष्ठ, धिरोज खत्री, इ.नारायण घिमिरे, एलिना लामा, नवीन कार्की, सुजता सिलवाल, चन्द्र थापा मगर, अनुप घिमिरे, भरत श्रेष्ठ, सुशील हरि बख्रेल, युवराज मगर, विष्णु हरि खड्का, उत्तम कुमार कार्की र निशाल घिमिरे परेका छन् ।