व्यक्तिगत लागतमा सुकाजोरका वडा अध्यक्ष कार्कीले दिए जिल्ला अस्पताललाई झोला

| साउन २३, २०८० मंगलबार

A A A
A A A

२३ साउन, रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समीर कार्कीले जिल्ला अस्पताल रामेछापलाई बिरामीलाई औषधि लगायतका सामान सजिलैसँग बोक्न सक्ने हाते झोला सहयोग गरेका छन् । 

 

 

मंगलबार आज जिल्ला अस्पतालमा पुगेर वडा अध्यक्ष कार्कीले आफ्नो व्यक्तिगत लागतमा ३० केजी झोला जिल्ला अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादव मार्फत प्रदान गरेको रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

दोस्रो कार्यकाल वडा अध्यक्ष बनेका रामेछाप नगरका प्रवक्ता समेत रहेका कार्कीले होलसेलमा प्रति केजीका दरले खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको बताए । 

 

 

‘औषधिजन्य सामग्री र कागजात दिँदा बिरामीलाई हातमै खुल्ला दिने गरेको देखेँ । हातमै औषधी बोकेर घर जानुपर्दा औषधि समस्यादेखि अलिकति पनि सहज होस् भनेर प्रदान गरेको हुँ ।’

 

 

स्थानीयमा निकै लोकप्रिय नेपाली काँग्रेसका युवा नेता कार्की एक आइएमई सञ्चालक पनि हुन् ।