नक्कली नोटको कारोबारमा रामेछापका एकसहित ३ जना पक्राउ

| साउन २४, २०८० बुधबार

A A A
A A A

२४ साउन, रामेछाप । नक्कली नोटको कारोबार गर्ने रामेछापका एक सहित ३ जना काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरेका मदन परियार, खोटाङ दिपु्रङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे र लमजुङ दोर्दी गाउँपालिका वडा नं २ का सुवास गुरुङ रहेको प्रहरीले जनाएको छ । 

 

उनीहरूलाई तारकेश्वर ५ स्थित गोलढुंगा नगिनी खोला अगाडिबाट मंगलबार साँझ सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो । 

 

पक्राउ परेकाहरूको डेरामा छापा मार्दा नेपाली रुपैयाँ एक हजारको १ सय ८१ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

 

 

साथै नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर ल्याएको आशंका प्रहरीले गरेको छ । उनीहरूलाई बरामद भएको सामानसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको प्रवक्ता थापाले बताए ।