रास्वपा लिखु तामाकोशीको सभापतिमा रामकुमार थापा, आज गोकुलगंगामा दोस्रो भेला गर्दै

| साउन २५, २०८० बिहिबार

A A A
A A A

२५ साउन, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधवार लिखु तामाकोशी गाउँपालिकामा समिति विस्तार गरेको छ । 

 

संगठन विस्तारको दौडमा रहेको रास्वपाले ले पछिल्लो पटक लिखु तामाकोशीमा पालिका स्तरीय समिति गठन गर्दै सभापतिमा राजकुमार थापालाई सर्व सहमतिमा नेतृत्व चयन गरेको रास्वपा रामेछापका जिल्ला संयोजक एवं प्रदेश सदस्य रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार राजकुमारको सभापतित्वमा ११ सदस्यीय पालिका समिति गठन गरेको हो । बुधवार पालिकाको केन्द्र धोबीमा अबेर सम्पन्न कार्यक्रममा टोटराज पौडेल (कुमार) सचिव र लालबहादुर तामाङ (स्टार) उपसभापतिमा चयन भएको संयोजक रायमाझीले बताए । 

 

महिला कोषाध्यक्ष समितिले मनोनीत गर्ने छ । भने, मन्जु परियार, संयोग थापा, ढकाल महतरा र दिपक महत सदस्यमा सर्वसहमतिमा चयन भएका छन् । 

 

केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाईँको उपस्थितिमा भएको कार्यक्रममा भव्यताको साथ सम्पन्न भएको संयोजक रायमाझीको भनाई छ । 

 

त्यस्तै रास्वपाले बिहीबार आज गोकुलगंगा गाउँपालिकामा दोस्रो भेला गर्दै समिति पुनर्गठन गर्न लागेको उनले बताए । ‘त्यहाँ पहिले पालिका स्तरीय समिति थियो । अलि सक्रिय नभएर पुनः गठन गर्न लागेको हौँ ।’