काठमाडौं उपत्यकामा एक हप्ता लकडाउन थपिदै

| जेठ २८, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

२८ जेठ, काठमाडौं ।  काठमाडौं  उपत्यकामा जारी लकडाउन केही खुकुलो पार्दै एक साता थप गरिएको भएको छ । 

 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच यस विषयमा चलफल चलिरहेको बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ ।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनले भने‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ ।'

 

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ । उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताए।

 

जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार